एनआईसी एशिया बैंक २५ औं वर्षमा प्रवेश, यस्तो छ वित्तीय विवरण चौथो त्रैमासिक

Machchapuchchre

अर्थ राजनीति  ~  आजदेखि एनआईसी एशिया बैंक  २५ वर्षमा प्रवेश,  यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम र १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत्  सेवा विस्तार गरेको छ ।

बैंकले बिहीवार सार्वजनिक गरेको सो अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३८ दशमलव ८६ प्रतिशत बढी भएको बताएको छ । अघिल्लो वर्ष चौथो त्रैमाससम्म बैंकले रू. ३ अर्ब २५ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।

त्यस्तै, एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक् वर्ष २०७८/७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले रू. ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको जानाएको छ ।

हाल रू. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार चुक्तापूँजी रहेको यस बैंकको रिटेन्ट अर्निग रू. ३ अर्ब ८४ करोडभन्दा बढी र जगेडा कोषमा रू. ९ अर्ब ७४ करोडभन्दा बढी छ । गत चौथो त्रैमाससम्म बैंकको रिटेन्ट अर्निग १४० दशमलव ४४ प्रतिशत र जगेडा कोष रकम २५ दशमलव ८९ प्रतिशत बढी भएको हो ।

गत वर्ष इम्पेरमेण्ट चार्ज २९ प्रतिशत घटेकाले कम्पनीको सञ्चालन नाफा साढे ३३ प्रतिशत बढेकाले खुद नाफामा बृद्धि भएको हो । अघिल्लो वर्ष रू. १ अर्ब २२ करोडभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष रू. ८७ करोडभन्दा बढी मात्र रहेको छ । सञ्चालन नाफा भने अघिल्लो वर्ष रू. ४ अर्ब ७९ करोडभन्दा बढी भएकोमा गत वर्ष रू. ६ अर्ब ४० करोडभन्दा बढी रहेको छ । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने रू. २ अर्ब २४ करोडभन्दा बढी रहेको छ ।

यो वर्ष निक्षेप संकलन १ प्रतिशत बढी भएको हो भने कर्जा प्रवाह १ दशमलव ४८ प्रतिशत बढेको हो ।  गत वर्ष बैंकले रू. २ खर्ब ८९ अर्ब ९० करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. २ अर्ब ५२ करोड ४४ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ ।यो अवधिसम्म बैंकको प्रतिशेयर आम्दानी रू. ३९ दशमलव १३ र प्रतिशेयर नेटवर्थ रू. २१७ दशमलव ५२ छ । बैंकले गत चौथो त्रैमाससम्म २० दशमलव ३० प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्