नेपाली बैंकिंग क्षेत्रमा अबको गभर्नर कस्तो हुपर्छ : पुर्व गभर्नर गणेश बाहादुर थापा

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकका पुर्व गभर्नर गणेश बाहादुर थापा आफुले नेपाल रास्ट्र बैंकमा ३५ वर्ष भन्दा लामो समय सेवा गरेको अनुभव साट्नु भएको छ । उहाले गभर्नरले गर्नु पर्ने काम र दायित्व को बारेमा पनि बताउनु भएको छ भने अब आउने गभर्नर कस्तो हुनु पर्छ भन्ने बारेमा समेत जानकारी गराउनु भएको छ । […]

नयाँ गभर्नर नियुक्त नभएसम्म सिवाकोटीले पाए कार्यबाहक गभर्नरको जिम्मा

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नरको जिम्मा डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पाएका छन् । हिजो अर्थमन्त्रालयले नेपाल सरकारको निर्णयबाट निर्णय गरेर अब अर्को व्यवस्था नभएसम्मका लागि सिवकोटीलाई कार्यबाहक गभर्नरको जिम्बेवारी दिएको जानकारी छ । गभर्नर नेपाल ५ वर्षे कार्यकाल पुरा गरी मंगबारबाट बाहिरिएका छन् । नयाँ गभर्नर नियुक्त हुन समय लाग्ने भएकाले सिवकोटीलाई […]

आज फेरी बढ्यो सुनको भाउ, ७६ हजार पाँच सय रुपैयाँमा काराेबार

काठमाडाैं । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी […]

कामना सेवा विकास बैंकको नयाँ शाखा ललितपुरको ग्वार्कोमा, कुल शाखा कति पुग्यो ?

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको १२३औ शाखा कार्यालय ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं १७ स्थित ग्वार्कोमा सञ्चालक गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं१७ स्थित ग्वार्कोमा फागुन २९ गते आफ्नो १२३औ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाको उद्घाटन […]

कुमारी बैंक कार्डवाहक ग्राहकले हेरिटेज होटेलमा विशेष छुट पाउने

काठमाडौं । कुमारी बैंक र हेरिटेज होटेल प्राइभेटबीच होटलका विशेष सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । यस सम्झौतापश्चात् बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा २५ प्रतिशत , खानपानमा र स्पा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट पाउने छन् । आफ्ना देशव्यापी १२४ शाखा सञ्जाल, १२२ एटिएम, २१ शाखारहित ईकाई तथा […]

तिनाउ मिसन डेभलपमेण्ट बैंक र एसबी सोलुसन्सबीच ऋण अटोमेसन गर्ने सम्बन्धी सम्झौता

काठमाडौँ । तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ । बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । लोन अटोमेसन सिस्टमको माध्यमबाट बैंकले आन्तरिक लोन […]

अमेरिकी डलरको भाउ बढ्दा अरु विदेशी मुद्रा पनि बढ्यो

काठमाडाैं । सोमबार घटेको अमेरिकी डलर मंगलबार फेरि बढेको छ । अमेरिकी डलरसँगै खाडीका देशका मुद्रा पनि बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एककोे खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३१ पैसा […]

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात रिजेन्सी होटलमा १५ प्रतिशतसम्म छुट

काठमाण्डौं । एनआईसी एशिया बैंकका ग्राहकले काठमाण्डौ स्थित हायात रिजेन्सी होटलका सेवाहरूमा छुट पाउने भएका छन् । बैंक र होटलबीच छुट सम्बन्धमा सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरेका हुन् । उक्त योजना एक वर्षको लागि लागू […]

एनआईसी एशिया बैंकका ग्राहकले अकामा होटलमा २० प्रतिशत छुट पाउन

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकले अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक र धुम्बाराही स्थित उक्त होटलबीच सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलका महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । […]

मेगा बैंक र सुलभ हेल्थबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा १५ प्रतिशत छुट

काठमाण्डौं । मेगा बैंक नेपाल र सुलभ हेल्थबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकका उप कार्यकारी प्रमुख रबिना देशराज जोशी र हेल्थका डाइरेक्टर साईरा श्रेष्ठले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवहक तथा बैंकका सम्पूर्ण ग्राहकलाई आवश्यक परेका बेला हेल्थले घरमे नर्स बोलाएर सेवा प्रदान […]