आज फेरी बढ्यो सुनको भाउ, ७६ हजार पाँच सय रुपैयाँमा काराेबार

Machchapuchchre

काठमाडाैं । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी तोलाको सात सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्