एनआईसी एशिया बैंकका ग्राहकले अकामा होटलमा २० प्रतिशत छुट पाउन

Machchapuchchre

काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकले अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् । बैंक र धुम्बाराही स्थित उक्त होटलबीच सेवा शुल्कमा छुट दिने सम्बन्धी सम्झौता भएसंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलका महाप्रबन्धक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवाामन २० प्रतिशत छुट पाउने छन् ।

यसका साथै बैंकका कर्मचारीहरूलाई पनि उक्त योजना अनुसारको छुट उपलब्ध हुने बैंकले जनाएको छ । सम्झौता एक बर्षका लागि लागु गरिएको जनाइउको छ । बैंकले मुलुकभर ३१९ शाखा, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत सेवा गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्