संस्थापकलाई साधारण सेयरमा परिवर्तन गर्न दिए सजिलै मर्जर : राजनसिंह भण्डारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत नै ‘बिग मर्जर’लाई प्राथमिकतामा राखेको छ। ‘एउटै व्यक्ति/समूहद्वारा प्रवर्द्धन भएका तथा एकाघर परिवार एवं व्यवसायिक समूहको प्रत्यक्ष/अप्रत्यक्ष नियन्त्रणमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्ने व्यवस्था मिलाइने’ कुरा मौद्रिक नीतिले गरेको छ। कोभिडको प्रभाव कायमै रहेको अवस्थामा समेत राष्ट्र बैंकले मर्जरलाई आफ्नो प्राथमिकताबाट हटाएको […]

ललितपुर फाइनान्सलाई नेपाल फाइनान्सले प्राप्ति गर्यो

अर्थ राजनीति  ~   नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडसँगको प्राप्ती प्रकृया पुरा गरी असार २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएको छ । दुवै कम्पनीले जेठ २८ गते विशेष साधारण सभा मार्फत प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । कम्पनीहरुलाई प्राप्तीका लागि लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते […]

५ अर्बमा झर्यो सेयर कारोबार रकम

अर्थ राजनीति  ~  पछिल्लो केही दिन यता सेयर कारोबार मापक नेप्से परिसूचकसँग कारोबार रकम समेत सुस्ताउन थालेको छ । कुनै दिन २० अर्ब नजिकको कारोबार भएको सेयर बजारमा आइतबार भने जम्मा ५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो । यो पछिल्लो २ महिना यताकै सर्वाधिक कम हो । साताको पहिलो दिन नेप्से परिसूचक ८ दशमलव ४८ […]

आइपीओ जारी गर्ने लाइनमा हाइड्रोपावरसहित २१ कम्पनी

अर्थ राजनीति  ~  आइपीओ निष्कासनका लागि लघुवित्त, जीवन बीमा र जलविद्युत कम्पनी गरि २१ वटा कम्पनी लाइनमा छन्। बाँटफाँट ढिलो आइपीओ खुल्ने क्रम छिटो हुने देखिएको छ। १५ वटा हाइड्रोपावरसहित तीन जीवन बीमा, दुई लघुवित्त र एउटा अन्य समूहको कम्पनीहरु आइपीओ जारी गर्न लाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ। पहिले पहिले थोरै कम्पनीका आइपीओ आउने […]

मौद्रिक नीतिमा चेम्बरद्वारा स्प्रेडदर र ओभरड्राफ्टमा जोड

अर्थ राजनीति  ~  आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल चेम्बर अफ कमर्सले ३६ बुँदे सुझाव दिएको छ । शुक्रबार चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव बुझाएका हुन् । मल्लले पहिलो र दोस्रो लहरको कोरोनाका कारण अर्थतन्त्रमा धेरै नोक्सानी भएको भन्दै विस्तारकारी मौद्रिक नीति ल्याउन सुझाव दिए । आर्थिक […]

नागरिक लगानी कोषको नौ प्रतिशत बोनस सेयर पारित

अर्थ राजनीति  ~  नागरिक लगानी कोषले आर्थिक बर्ष २०७६/७७ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९४७ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ । कोषको २६ औं वाषिर्क साधारणसभाले यस्तो निर्णय गरेको कोषले जनाएको छ । साधारण सभाले आव २०७६/७७ को वाषिर्क प्रतिवेदन समेत पारित गरेको छ । […]

राष्ट्र बैंकबाट १० संस्थाले पाए मर्जरको स्वीकृति

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति दिएको छ । केन्द्रीय बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले यी बैंक तथा वित्तीय संस्थालाई १ महिनाभित्रै एकीकृत कारोबार गर्ने गरी अन्तिम स्वीकृति दिएको हो । मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृति पाउनेमा २ वटा वाणिज्य बैंक, ४ वटा […]

कोषको विश्वास भएन भन्दै बैंकका कर्मचारी सञ्चय कोषबाट ऋण झिक्दै

अर्थ राजनीति  ~  साँवा पनि गुम्ने भन्दै आन्दोलन गरिरहेका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले अहिलेसम्म सञ्चय कोषमा जम्मा भएको रकम निकाल्न थालेका छन्। आन्दोलन सफल भएन र यदि सामाजिक सुरक्षा कोषमा जानै पर्ने अवस्था आएमा अहिलेसम्म जम्मा भएको पैसा त्यहाँ राख्नुपर्ने भन्दै उनीहरुले धमाधम पैसा झिक्न थालेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीको सुरक्षाका […]

ऋणको सीमा २५ लाखसम्म पु-याउन माग

अर्थ राजनीति  ~  लघुवित्त संस्थाहरुको छाता संगठन नेपाल लघुवित्त बैंकर्स संघले ऋणको सीमा बढाउन माग गरेको छ । नेपाल राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि लिखित सुझाव बुझाउँदै संघले धितो सुरक्षण लिई दिइने ऋणको सीमा प्रति ऋणी बढीमा २५ लाख रूपैयाँसम्म कायम गर्न आग्रह गरेको हो । हाल लघुवित्त संस्थाहरुले बिनाधितो ७ लाख […]

आज सुनचाँदीको मूल्य बढ्यो

अर्थ राजनीति  ~  बिहीबार नेपाली बजारमा सुनचाँदीकै मूल्य वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, यता चाँदीको मूल्य […]