राष्ट्र बैंकले सवा अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले १ अर्ब २६ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ। आगामी भदौ १ देखि लागू हुनेगरी २०७९ भदौ १ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा व्याजदरसहित प्रस्ताव गर्न सक्नेछन्। राष्ट्र बैंकले ग वर्गका वित्तीय संस्थाहरुमा ६ करोड ३० लाख रुपैयाँ ख वर्गका विकास बैंकहरुमा १८ करोड ९० लाख र क वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब ८० लाख रुपैयाँ निक्षेप जम्मा गर्नेछ।  न्यूनतम पुँजीकोष कायम गरेका, निष्क्रिय कर्जा सीमाभित्र रहेका लगायतका मापदण्ड पुरा गरेका बैंक तथा वित्तीय संस्थाहरुले रकम जम्मा गर्नका लागि प्रस्ताव गर्नेछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्