आज पनि घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  साताको दोस्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलामा १ हजार रुपैयाँले घटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ८९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ८८ हजार ५ सय पचाँस रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्