कृषि विकास बैंकको नाफा ३ अर्ब ६९ करोड

Machchapuchchre

अर्थ राजनीति  ~  कृषि विकास बैंक लिमिटेडको नाफा ३ अर्ब ६९ करोड पुगेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षमा कमाएको नाफाभन्दा १०.८९ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब २६ करोडमा झरेको छ । अघिल्लो वर्ष ६ अर्ब ७१ करोड रहेको खुद ब्याज आम्दानी यो वर्ष ६ अर्ब २६ करोडमा झरेको बैंकले जनाएको छ । त्यस्तै शुल्क तथा कमिसनसम्बन्धी आम्दानी पनि १ अर्ब ८७ करोडबाट १ अर्ब ५१ करोडमा झरेको बैंकले जनाएको छ । यसैगरी, सेयरधनीलाई बाँड्न मिल्ने नाफा भने १ अर्ब ७३ करोड रुपैयाँ मात्रै रहेको बैंकले जनाएको छ । ५ अर्ब ४३ करोड रुपैयाँ बराबरको अग्राधिकार सेयरसहित १६ अर्ब चुक्ता पुँजी भएको बैंकले अग्राधिकार सेयर बापत सरकारलाई ६ प्रतिशत लाभांश दिनुपर्ने हुन्छ भने बाँकी रहेको रकम मात्रै सेयरधनीलाई बाँड्न सकिन्छ । बैंकले यो अवधिमा निक्षेप संकलन १ खर्ब ६३ अर्ब पुर्याएको छ भने कर्जा प्रवाह १ खर्ब ५२ अर्ब पुर्याएको छ । गतवर्ष निक्षेप संकलन १ खर्ब ४३ अर्ब थियो भने कर्जा प्रवाह १ खर्ब २१ अर्ब रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्