कांग्रेस नेता केसी द्वारा पार्टीको इज्जत जोगौना आग्रह

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले विशेष महाधिवेशन गरेर भएपनि पार्टीको इज्जत जोगानुपर्नेमा जोड दिनुभएको छ । बुधबार भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले अन्य ऐन कानून भन्दापनि नेपालको संविधानलाई हेक्का राख्नुपर्ने र भदौ महिनामै महाधिवेशन गर्नुपर्ने बताउनुभयो । क्रियाशिल सदस्यता विवादीत रहेको ठाउँमा १३ औँ महाधिवेशनको सदस्यहरुलाई मान्यता दिने र विवाद नरहेको ठाउँमा प्रकृया अनुसार महाधिवेशन गर्नुपर्ने बताउनुभयो । उहाँले ५० हजार जरिवाना तिरेर थप समय माग गर्ने हल्ला चलिरहेको भन्दै ऐतिहासिक पार्टी काँग्रेसले समयमै महाधिवेशन नगरेर जरिवाना तिर्यो भन्दा जनतामा के सन्देश जान्छ भन्दै प्रश्न गर्नुभयो । नेतृत्वमा को व्यक्ति आउँछ भन्ने गौण रहेको र पार्टीको सकट टार्नुनै अहिलेको प्राथमिकता रहेको प्रष्ट पार्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्