नेपाल इन्फ्रास्ट्रक्चर बैंक र वोन्डर्स ग्रपबीच सम्झौता

Machchapuchchre

अर्थ राजनीति  ~ पर्यटकीय पूर्वाधारमा नवीनतम अवधारणासहित भेडेटारमा निर्माणाधीन मुलुकको पहिलो स्काई वाक टावर परियोजना निर्माण र सञ्चालनका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को एकल लगानीमा परियोजना निर्माणकर्ता वोन्डर्स ग्रुपसँग कर्जा लगानी सम्झौता भएको छ । वोन्डर्स ग्रुपको निर्माणाधीन कमलादीस्थित स्काई वाक टावर ७८ मिटर उचाइको हुने र उक्त टावरमा योगा स्थल, रेस्टुरेन्टलगायतका मनोरञ्जनात्मक क्रियाकलापका लागि व्यवस्थासहितको पूर्वाधारहरु रहने बताइएको छ । मुलुककै अग्लो उचाइको टावरबाट काठमाडौं उपत्यकाको रमणीय दृष्य शिशाको सतहबाट अवलोकन गर्न सकिने परियोजनाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकार्षित गर्ने अपेक्षा गरिएको छ । यसैगरी धनकुटाको भेडेटारमा निर्माणाधीन स्काई वाक टावर सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण गर्न लागिएको हो । प्रदेश–१ को लगानी प्राधिकरण र परियोजना निर्माणकर्ताबीच भएको परियोजना विकास सम्झौता अनुरुप निर्माण हुन लागेको परियोजनाले भेडेटारमा थप आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत गर्ने बताइएको छ । बैंकले दुईवटै परियोजना निर्माणका लागि ६७ करोड ५० लाख रुपैयाँ बराबरको कर्जा सीमा स्वीकृत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्