विश्वभर कोरोनाबाट ७८ नेपालीको मृत्यु, छ हजार बढी संक्रमित

अर्थ राजनीति – विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । समितिका अनुसार न्युयोर्कमा […]

थप एक जनामा कोरोना संक्रमण: कुल ११० पुग्यो

अर्थ राजनीति – उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो। आजै बिहान भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।

लिपुलेकमा भारतले सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

अर्थ राजिनिती – भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलोक पुग्ने लिंक रोडको भारतले शुक्रबार उद्घाटन गरेको थियो । यसको नेपालमा […]

कोरोना कहर: ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार नाघ्यो

अर्थ राजनीति – कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार २१५ पुगेको छ । शनिबार बिहासम्म सबैभन्दा धेरै अमेरिकामा ७८ हजार ६१५ जनाले ज्यान गुमाएका छन् । बेलायतमा ३१ हजार २४१, इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३० जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । १३ लाख […]

बैंकका सम्पूर्ण शाखा आइतबारदेखि खुल्ने

अर्थ राजनीति — बैंक तथा वित्तीय संस्थाका सबै शाखा आइतबारदेखि सञ्चालन हुँदै छन् । चैत ११ देखि सरकारले लकडाउन घोषणा गरेपछि उनीहरुले सीमित शाखाबाट दैनिक २/३ घण्टा मात्र सेवा दिइरहेका थिए । लकडाउनको अवधिमा खुलेका बैंकका शाखामा पनि निकै न्यून मात्र ग्राहक आउने गरेका थिए । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेवाग्राहीको भीड नहुने गरी सेवा प्रवाह […]

एक जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति – शुक्रबार नेपालगञ्जमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा अब संक्रमितको संख्या १०२ जना पुगेको छ । हालसम्म ३० जना कोरोना संक्रमित भने निको […]

संघीय संसदको बजेट अधिवेशन सुरु

अर्थ राजनीति – संघीय संसदको छैटौं अधिवेशन सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक बसेको हो । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । शुक्रबारको बैठकमा छैटौं अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद […]

आजबाट संघीय संसदको बजेट अधिवेशन

  अर्थ राजनीति –  सङ्घीय संसद्को बजेट अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार शुक्रबार अपराह्न ४ बजे दुवै सदनको बैठक प्रारम्भ हुँदैछ । कोरोना भाइरस(कोभिड–१९)को कहरबीच सुरु अधिवेशनको सुरक्षा लगायतका सम्पूर्ण तयारी संसद् सचिवालयले पूरा गरिसकेको छ । बिहीबारदेखि सङ्घीय संसद्का सदस्यहरूको कोरोना परीक्षण पनि सुरु गरिएको छ । राष्ट्रपतिको अधिवेशन प्रारम्भसम्बन्धी पत्र पढेर शुक्रबार […]

रोकिएन संक्रमित थपिने क्रम; एकै दिन ९६ हजार भन्दा बढी थपिए, यस्तो छ पछिल्लो अवस्था

अर्थ राजनीति – कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७२० पुगेको छ । पछिल्लो एकै दिनमा ९६ हजार ७७५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३९ लाख १७ हजार ५३२ पुगेको छ । हालसम्म १३ लाख ४४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । […]

कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या १०१ पुग्यो

अर्थ राजनिती – नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका २ जनामा कोरोना संक्रमण देखिएको हो। बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु – ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको हो। मन्त्रालयका अनुसार उनीहरुको अवस्था सामान्य छ। उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता […]