रोकिएन संक्रमित थपिने क्रम; एकै दिन ९६ हजार भन्दा बढी थपिए, यस्तो छ पछिल्लो अवस्था

Machchapuchchre

अर्थ राजनीति – कोरोना भाइरस संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २ लाख ७० हजार ७२० पुगेको छ । पछिल्लो एकै दिनमा ९६ हजार ७७५ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ३९ लाख १७ हजार ५३२ पुगेको छ । हालसम्म १३ लाख ४४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी ग्रसित अमेरिकामा पछिल्लो एक दिनमा २९ हजार ४२६ जना संक्रमित थपिंदा २१ सयभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १२ लाख ९२ हजार ६२३ पुगेको छ । यस्तै, मृतक संख्या ७६ हजार ९२८ पुगेको छ । अमेरिकामा २ लाख १७ हजार २५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।

अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै मृत्यु बेलायतका हालसम्म ३० हजार ६१५ जनाको मृत्यु भएको छ भने २ लाख ६ हजार ७१५ जना संक्रमित रहेका छन् । स्पेनमा संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ भने २६ हजार ७० जनाको मृत्यु भएको छ ।

यस्तै, इटालीमा संक्रमितको संख्या २ लाख १५ हजार ८५८ पुग्दा २९ हजार ९५८ जनाको मृत्यु भएको छ । फ्रान्समा संक्रमित १ लाख ७४ हजार ७९१ हुँदा २५ हजार ९८७ जनाको मृत्यु भएको छ । त्यस्तै, जर्मनीमा १ लाख ६९ हजार ४३० जना संक्रमित हुँदा ७ हजार ३९२ जनाको मृत्यु भएको छ । रुसमा १ लाख ७७ हजार १६० जना संक्रमित र १ हजार ६२५ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ३३ हजार ७२१ संक्रमित हुँदा ३ हजार ६४१ को ज्यान गएको छ । इरानमा १ हजार ३ हजार १३५ जना संक्रमित हुँदा ६ हजार ४८६ जनाको ज्यान गएको छ । चीनमा पछिल्लो एक दिनमा १ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै चीनमा हालसम्म ८२ हजार ८८६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३३ छ ।

भारतमा संक्रमित ५६ हजार ३५१ र मृतक १ हजार ८८९ पुगेका छन् । पाकिस्तनमा २५ हजार ८३७ संक्रमित हुँदा ५९४ जनाको ज्यान गएको छ । जापानमा १५ हजार ४७७ जना संक्रमित हुँदा ५७७ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म १०१ जना संक्रमति फेला परेका छन् । नेपालमा हालसम्म भने २२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्