चितुवासँग लडेर छोरालाई बचाउने साहसी बुबा

  अर्थ राजनीति – तनहुँका एक साहसी बाबुले छोरालाई आक्रमण गर्न आएको चितुवासँग लडेर छोरालाई बचाउने मात्रै नभई नरभक्षी चितुवालाई मार्न समेत सफल हुनु भएको छ । भानु नगरपालिका–४ चुँदीकुमाल गाउँका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमालले छोरालाई झम्टिन आएको चितुवालाई छेकेर छाेराकाे उद्धार गर्नुभएको हो । चितुवाको आक्रमणबाट कुमाल पनि घाईते हुनुभएको छ । […]

विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु, अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि

अर्थ राजनीति –  कोरोनाभाइरसका कारण विश्वभर २ लाख ६५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३८ लाख २० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ६ हजार ८११ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा झण्डै १ हजारले वृद्धि भएको हो । […]

चार लाखभन्दा बढी स्वदेश फिर्न इच्छुक, १ लाख १२ हजारलाई तत्कालै उद्धार गर्न आबस्यक

अर्थ राजनीति –  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताउनुभएको छ । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश […]

शान्तिको कामना सहित आज साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रिको आग्रह

अर्थ राजनीति – प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा बिहीबार साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै […]

लकडाउनमा कुन क्षेत्र संचालन गर्न पाउने? कुन/कुन नपाउने ?

  अर्थ राजनीति – बुधबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सुनाउन्दै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले लकडाउनमै पनि निश्चित क्षेत्रका काम गर्न र सेवा सूचारु गर्न छुट दिने निर्णय भएको जानकारी  गराए । सेवा सुचारु गर्न दिने र नदिने तल उल्लेख गरीए अनुसार हुनेछ : निम्न क्षेत्रहरू सञ्चालन गर्न नपाउने: १) विश्वविद्यालय, क्याम्पस लगायत […]

थप १७ जनामा कोरोना पुष्टि, कुल ९९ पुग्यो, एकजना दुई महिने शिशु पनि

अर्थ राजनीति – पछिल्लो समय थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ९९ पुगेको छ । थप १७ संक्रमित पर्साका भएको बताइएको छ । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा […]

भोलि साँझ दिप प्रज्ज्वलन गर्न नागरिकहरुलाई आग्रह, लकडाउन जेठ ५ गतेसम्म, अन्तर्राष्ट्रीय सीमा नाका जेठ १८ गतेसम्म बन्द

अर्थ राजनीति — सरकारले जारी लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको हो  । जारी लकडाउन वैशाख २५ गते भोली समाप्त हुँदै थियो । पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले […]

कोरोना कहर: बेलायतमा मृत्यु हुनेको संख्या इटाली भन्दा बढी

अर्थ राजनीति – बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ । विदेश मन्त्री डोमिनिक राबले आफ्नो दैनिक पत्रकार भेटघाटमा बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया दिनुभयो । […]

लकडाउन लम्बिने निश्चित: कति दिन भन्ने निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने

अर्थ राजनीति – कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव […]

याद गर्नुहोस् ! अब पास बनाउँदैमा उपत्यका छिर्न पाइन्न !

अर्थ राजनीति – सवारी पास बनाएर उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ भने तपाइको सोच गलत साबित हुदै छ । किनकि पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा वा अन्य कुनै नाकाबाटै फर्कनु पर्ने हुनसक्छ । दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यका भित्रिन निषेध गरिएको […]