लकडाउन लम्बिने निश्चित: कति दिन भन्ने निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने

Machchapuchchre

अर्थ राजनीति – कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि गठित उच्चस्तरीय समितिले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको समिति बैठकले पुनः लकडाउन थप गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कति दिन लकडाउन थप गर्ने भन्ने अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । बिडारीले कोरोना रोक्नका लागि शसक्त भएर लाग्ने निर्णय भएको जानकारी पनि दिए ।

सरकारले अहिले जे गरिरहेको छ त्यसैलाई निरन्तरता दिइने निर्णय भएको र यसबारे थप निर्णय बुधबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने उनले बताए । सचिव बिडारीले कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिले गरिरहेका कामहरु ठिक भएको निष्कर्ष निकालेको जानकारी पनि दिएका छन् ।

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि सुरु भएको देशब्यापी लकडाउनको पछिल्लो म्याद बैशाख २५ गते सकिँदै छ । कोरोना संक्रमित देशका विभिन्न स्थानमा देखिरहेका बेला र लकडाउन लम्बिरहेका बेला यसलाई कसरी खुकुलो बनाउँदै लैजाने भन्नेमा सरकारले स्पष्ट निर्णय गर्न सकिरहेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्