कोरोना कहर: बेलायतमा मृत्यु हुनेको संख्या इटाली भन्दा बढी

Machchapuchchre

अर्थ राजनीति – बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी भएको छ । सरकारी अधिकारीहरुका अनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ ।
विदेश मन्त्री डोमिनिक राबले आफ्नो दैनिक पत्रकार भेटघाटमा बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया दिनुभयो । बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो । जुन बेलायतभन्दा कम छ । इटालीभन्दा बेलायतमा संक्रमण दर पनि बढी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्