गभर्नर अधिकारीको सम्पति विवरण: १० ठाउँमा जग्गा, एक करोड ७ लाख रुपैयाँ भन्दा बेसिको सेयर

Machchapuchchre

अर्थ राजनीति –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एक महिनाअघि चैत २४ गते केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका उनले राष्ट्र बैंकको वेवसाइटमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक विवरण अनुसार गभर्नर अधिकारीको १० ठाउँमा जग्गा रहेको छ । कतै आफ्नो तथा कतै श्रीमती सरिता अधिकारीको नाममा जग्गा रहेको उनको सम्पत्ति विवरणमा देखिएको छ । गभर्नर अधिकारीको झापामा ४ ठाउँमा जग्गा रहेको छ भने ललितपुरको ५ ठाउँमा र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । उनको ललितपुरको सैँबुमा २२०० वर्गफिटमा बनेको घरसमेत रहेको छ ।

अधिकारीले चल सम्पत्तिको रुपमा सुन २७ तोला, चाँदी ५० तोला र नगद १८ हजार रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाको खातामा भने १६ लाख रुपैयाँ भन्दा बढी रकम रहेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न कम्पनीहरुको एक करोड ७ लाख रुपैयाँमा किनेको सेयर रहेको समेत आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्