चितुवासँग लडेर छोरालाई बचाउने साहसी बुबा

Machchapuchchre

 

अर्थ राजनीति – तनहुँका एक साहसी बाबुले छोरालाई आक्रमण गर्न आएको चितुवासँग लडेर छोरालाई बचाउने मात्रै नभई नरभक्षी चितुवालाई मार्न समेत सफल हुनु भएको छ । भानु नगरपालिका–४ चुँदीकुमाल गाउँका पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमालले छोरालाई झम्टिन आएको चितुवालाई छेकेर छाेराकाे उद्धार गर्नुभएको हो । चितुवाको आक्रमणबाट कुमाल पनि घाईते हुनुभएको छ । करीव ३ वर्षको र २० किलो ताैलको चितुवा र कुमाल तथा उहाँको परिवारसँग भिडन्त हुँदा मारिएको र छोराको सकुशल उद्धार भएको हो ।

कुमालको १२ वर्षको छोरो समिर कुमाललाई आक्रमण गर्न चितुवा जाइलाग्ने क्रममा भिडन्त भएको थियो । मेरो पछि, पछि आएको छोरालाई चितुवाले आक्रमण गर्न चितुवा दौडेर आएको देखें, मैले छेक्कटाे काटेर चितुवालाई रोकें कुमालले भन्नुभयो, म चितुवासँग लड्न नगएको भए छोरालाई झम्टिने थियो ।’ घाईते कुमालले व्यवसायिक रुपमा पाल्नु भएको कुखुरा फारामबाट बिहीबार विहान ४ बजे एक व्यक्तिले कुुुखुरा टिपेर भागेको देखेपछि चोरलाई कुमालले लखेट्दै जाँदा वन छेउको चिलाउनेको रुखमा लुकेर सबेको चितुवाले बालकलाई आक्रमण गर्न खोजे पछि दोहोरो भिडन्त भएको बताइएको छ ।

कुखुरा चोरलाई लखेट्ने क्रममा छोरा पनि बाबुको पछि पछि दौडदैं गएको स्थानीय वासिन्दाले जानकारी दिए । जङ्गलमा लुकेको चितुवासँग रामबहादुरलाई चिच्चाउँदै भिड्दै गरेको देखेपछि उहाँको दाजु र दुई भतिज पनि उहाँलाई बचाउन चितुवासँग भिड्न पुगेपछि चितुवा मारिएको स्थानीय बासिन्दाले जानकारी गराएका छन् ।

५३ वर्षीय भरत कुमाल र उहाँको दुई छोराहरु २२ वर्षीय टिकाराम कुमाल, २० वर्षको सीताराम कुमाल मिलेर रामबहादुरलाई आक्रमण गरेको नरभक्षी चितुवालाई मार्न सफल भएका हुन्  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्