संघीय संसदको बजेट अधिवेशन सुरु

Machchapuchchre

अर्थ राजनीति – संघीय संसदको छैटौं अधिवेशन सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा संसद बैठक बसेको हो । बजेट अधिवेशनका रुपमा समेत लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र राजस्व तथा व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

शुक्रबारको बैठकमा छैटौं अधिवेशन प्रारम्भसम्बन्धी पत्र तथा राष्ट्रपतिबाट संघीय संसद दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको छ ।

यस्तै, बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले अधिवेशन प्रारम्भ भएको अवसरमा मन्तव्य दिनेलगायतका कार्यसूची तय गरिएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्