कोरोना कहर: ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार नाघ्यो

Machchapuchchre

अर्थ राजनीति – कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७६ हजार २१५ पुगेको छ । शनिबार बिहासम्म सबैभन्दा धेरै अमेरिकामा ७८ हजार ६१५ जनाले ज्यान गुमाएका छन् । बेलायतमा ३१ हजार २४१, इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३० जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।

१३ लाख ८५ हजार १२३ कोरोना संक्रमित निको भइकेका छन् । २३ लाख ५१ हजार ४३२ संक्रमित उपचाररत छन् । यसमध्ये ४८ हजार ६९९ कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

विश्वका २१५ देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ४० लाखभन्दा धेरैमा फैलिसकेको छ । शनिबार बिहानसम्म ४० लाख १२ हजार ७७० जनामा कोरोना संक्रमण फैलिसकेको छ ।

सबैभन्दा धेरे अमेरिकामा १३ लाख २१ हजार ७८५ मा संक्रण देखिएको छ । स्पेनमा २ लाख ६० हजार ११७ कोरोनाको संक्रमण देखिएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्