पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु

अर्थ राजनीति ~ २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मोरङ र काठमाडौंका २/२ जना तथा सुनसरी, सर्लाही, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र बर्दियाका एकएक जनाको मृत्यु भएको हो ।

कोरोनको संक्रमणको कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

अर्थ राजनीति ~ दिनदिनै कोरोना भाइरसको जोखिमको कारण यसपालि दशैमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा ज्ञानेन्द्रले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण […]

पछिल्लो २४ घन्टामा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको देखिएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ११६० महिला र २००७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा […]

पछिल्लो २४ घन्टामा १३ जनाको mr

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । ललितपुर र चितवनका २/२ तथा काठमाडौं, भक्तपुर, धादिङ, काठमाडौं, गुल्मी, रुपन्देही, कास्की, इलाम र सप्तरीका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा ४३९२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको […]

बैतडीका वडाध्यक्षको निधन

अर्थ राजनीति ~ बैतडीमा एक वडाध्यक्षको निधन भएको छ । उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । जिल्लाको सुर्नया गाउँपालिका ५ का ७० वर्षीय वडाध्यक्ष केशव मडैको बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । घरमा लडेपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल लागिएको थियो । जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै उनको […]

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । उनलाई बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो । उनि अहिले होम आइसोलेसनमा बसेका छन ।

पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सुनसरीका ५, काठमाडौंका ४, भक्तपुर, सिन्धुपाल्चोक, मोरङ र तेह्रथुमका २/२ जना तथा ललितपुर, काभ्रे, रामेछाप, सिराहा, अर्घाखाँची, रुपन्देही, बाँकेका १/१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना संक्रमित व्यक्तिले पनि परिक्षा दिन पाउने व्यवस्था मिलाउन लोक सेवा आयोगलाई सर्वोच्चको आदेश

अर्थ राजनीति ~ सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि परिक्षामा सामेल गराउन आदेश दिएको छ । आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा सम्बन्धी मापदण्डको बुँदा नम्बर ८(१) को कार्यान्वयन नगर्न नगराउन भनेर भनेको छ ।संक्रमितहरुलाई गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्न अन्तरिम आदेश दिएको छ । यस्तै परीक्षार्थी, परीक्षा […]

फ्रान्समा बिहिवार मात्र ३० हजार भन्दा व्यक्तिमा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ फ्रान्समा बिहीबार मात्रै एकै दिन ३० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ३० हजार जनामा कोरोनो संक्रमण भएपछि फ्रान्सको अवस्था गम्भीर भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा […]