पछिल्लो २४ घन्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ […]

कोरोना संक्रमणबाट कांग्रेस नेता तेजबहादुर पुनको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको मृत्यु भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधबार […]

कक्षा १२ को परीक्षा ९ मंसिरदेखि हुने

अर्थ राजनीति ~ नोवेल कोरोना भाइरसका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ । परीक्षा तालिका र कार्यविधि तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गर्न लागिएको हो […]

पछिल्लो २४ घन्टामा कोरोनाबाट २० जनाको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट थप २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सामाजिक विकास मन्त्रालयहरुका अनुसार काठमाडौं ८, भक्तपुरका ३, रुपन्देही २ तथा ललितपुर, धादिङ, नुवाकोट चितवन, पर्सा, सुनसरी र कञ्चनपुरका एकएक जनाको मृत्यु भएको छ ।

चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन

गृह मन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य मापदण्डअनुरूप दूरी कायम गर्ने, भीडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमितरूपमा साबुनपानीले हातधुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता क्रियाकलापलाई नै भरपर्दो उपाय मानिएको मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख […]

डेढ करोड बढीको अवैध यार्सागुम्बा बरामद

अर्थ राजनीति ~ जिल्लाको महाकाली नगरपालिका–४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको यार्सागुम्बा दार्चुलामा बरामद गरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ किलो ५ सय १० ग्राम अवैध यार्सागुम्बा बरामद गरिएको हो । यार्सागुम्बासँगै हुम्ला नाम्खा गाउँपालिका–३ को ३५ वर्षीय दोकार लामालाई पनि प्रहरीले पक्राउ […]

अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नु पर्ने

अर्थ राजनीति ~ कोरोना भाइरसको परीक्षण र उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने […]

भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि साढे एक करोड धुर्मस सुन्तली फाउण्डेशनलाई

अर्थ राजनीति ~ निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले आइतबार थप १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई आइतबार १ करोड ५० लाखको चेक हस्तान्तरण गरेकी हुन् । यसअघि महानगरले ५० लाख रकम सहयोग गरेको थियो । रंगशाला निर्माणका लागि महानगरले […]

काठमाडौं मेडिकल अस्पतालको तेस्रो तलाबाट बिरामीले हामफाले

अर्थ राजनीति ~ काठमाडौं मेडिकल कलेजको तेस्रो तलाबाट एक जना विरामीले हामफालेका छन् । हामफाल्ने मानसिक रोगी सोलुखुम्बुका २६ वर्षीय रोशन खड्का गम्भिर घाइते भएको महानगरीय प्रहरीले जानकारी दिएको छ । बिरामीलाई आइतबार मात्र अस्पतालमा भर्ना गरिएको थियो ।

राष्ट्रिय सभाका पुर्व सांसद वृषेशचन्द्र लालको निधन

अर्थ राजनीति ~ २ जनता समाजवादी पार्टीका नेता तथा राष्ट्रिय सभाका सभाका सांसद वृषेशचन्द्र लाललै कोरोना पुष्टि भएको छ । २३ असोजमा राजविराजबाट फर्केका लालको ज्वरो कम नभएपछि कोरोना परीक्षण गरिएको थियो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।