अब कोरोना संक्रमितको उपचार आफ्नै खर्चमा गर्नु पर्ने

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको परीक्षण र उपचार अब आफ्नै खर्चमा गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्