भरतपुर महानगरले दियो रंगशाला निर्माणका लागि साढे एक करोड धुर्मस सुन्तली फाउण्डेशनलाई

Machchapuchchre

अर्थ राजनीति ~ निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले आइतबार थप १ करोड ५० लाख आर्थिक सहयोग गरेको छ । भरतपुर महानगरकी मेयर रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई आइतबार १ करोड ५० लाखको चेक हस्तान्तरण गरेकी हुन् । यसअघि महानगरले ५० लाख रकम सहयोग गरेको थियो । रंगशाला निर्माणका लागि महानगरले ६ करोड ५० लाख रकम दिने घोषणा गरेको थियो । अहिलेसम्म दुई करोड रकम धुर्मस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिसकेको जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्