पछिल्लो २४ घन्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २६९ जनाको आईसीयू र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्