कोरोना संक्रमणबाट कांग्रेस नेता तेजबहादुर पुनको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको मृत्यु भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधबार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्