पछिल्लो २४ घन्टामा ३१६७ जनामा कोरोना संक्रमण पुष्टि

Machchapuchchre

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको देखिएको छ । देशभरका प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ११६० महिला र २००७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । ८९ हजार ८४० संक्रमितमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८०० जना संक्रमणमुक्त भएका हुन् । देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्