कोरोनको संक्रमणको कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

Machchapuchchre

अर्थ राजनीति ~ दिनदिनै कोरोना भाइरसको जोखिमको कारण यसपालि दशैमा पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजा ज्ञानेन्द्रले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले औपचारिक घोषणा गर्न बाँकी रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका नलगाउने तयारी गरिरहेको शीतलनिवासले बताएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने तयारी गरेका छन् । कोरोना भाइरसका कारण सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले यो वर्ष सर्वसाधारणलाई टीका लगाउने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्