लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थले भरिए निगमका भण्डारगृह

काठमाडौं । लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थको खपत घटेको छ । पेट्रोलियम पदार्थको खपत नै नभएपछि नेपाल आयल निगमका सबै भण्डारगृह पेट्रोलियम पदार्थले भरिएका छन् । भण्डारण क्षमतामध्ये पेट्रोल ९५ प्रतिशत, डिजेल ९९ प्रतिशत र हवाई इन्धन ९८ प्रतिशत मौज्दात अवस्थामा रहेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार पेट्रोलको ७ […]

आर्थिक वृद्धिदर २ प्रतिशतसम्म घट्नसक्ने अर्थमन्त्री खतिवडाकाे प्रक्षेपण

काठमाडौं । सरकारले यो बर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ । कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । कोरोना नियन्त्रणका लागि लिएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने उनले बताएका हुन । हालको अवस्था हेर्दा १ देखि २ […]

एनसेलले तिर्‍यो ४ अर्ब ६० करोड कर, बाँकी साढे १४ अर्ब १५ दिनभित्र बुझाउन निर्देशन

काठमाडौँ । एनसेलले १२ औं पटकको बिक्रीको पूृँजीगत लाभकर बापत्को दोस्रो किस्ता मंगलबार बुझाएको छ । ठूला कर दाता कार्यालयको खातामा एनसेलले ४ अर्ब ६० करोड रुपैयाँ दाखिला गरेको कार्यालय प्रमुख झलकराम अधिकारीले बताए । ठूला करदाता कार्यालयले पूँजीगत लाभकर बापत् एनसेलले २४ अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी कर निर्धारण गरेको थियो । किस्तामा तिर्ने सुविधा […]

आन्तरिक उडान पनि बैशाख ३ गतेसम्म बन्द

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडान पनि २०७७ को बैशाख ३ गतेसम्म बन्द गर्ने भएको छ। यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले अन्तर्राष्ट्रिय उडान बैशाख ३ गतेसम्म रोक लगाउने निर्णय गरेको थियो। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आन्तरिक उडान पनि अप्रिल १५ सम्म नहुने जानकारी दिएका छन्। काेराेनाले देश अहिले लक डाउन छ […]

कर्जा र व्याजमा सहुलियत दिने राष्ट्र बैंकको तयारी

काठमाडौं । राष्ट्र बैंकले कोरोना भाइरसको प्रभावमा परेका उद्यमी व्यवसायीहरूको कर्जासँगै ब्याजको मूल्यांकन गरेर सहुलियत सुविधा तयारी भइरहेको जनाएको छ । उद्यमी व्यवसायीहरुले कारोनाका कारण उद्यम व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेपछि उनीहरूले नेपाल सरकारसँग सहुलियत दिन आग्रह गर्दै आएका छन् । सरकार तथा राष्ट्र बैंकसँग उद्यमी व्यवसायीले कर्जा र ब्याजमा सहुलियत दिन आग्रह गरेका […]

सरकारले महसुलमा २० प्रतिशतसम्म छुट दिने घोषणापछि विद्युतीय चुल्हो प्रयोग गर्ने बढे

काठमाडौँ । पछिल्ला दिनमा आम नागरिकमा विद्युतीय चुल्होको प्रयोगप्रति आमजनताको आकर्षण बढेको छ । सरकारले बुधबार मात्रै विद्युतीय चुल्हो प्रयोग गर्नेलाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय गरिसकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पछिल्लो दिनमा मात्रै तीन हजार बढी विद्युतीय चुल्हो बिक्री गरेको छ […]

दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई गृहको निर्देशन

काठमाडौँ । सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्‍याउन निर्देशन दिएको हो । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिहीबार उद्योगी/व्यवसायी तथा राजधानीमा सञ्चालित सुपरमार्केट/ग्रोसरी, खाद्य स्टोर तथा […]

मोबाइलमा रिचार्ज गरे बराबर बोनस थप्न दूरसञ्चार प्राधिकरणको निर्देशन, सापटीको सीमा पनि बढ्ने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई रिचार्ज बराबरकै बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएको छ । प्राधिकरणको सञ्चालक समिति बैठकले मुलुक लकडाउन भएको अवस्थामा ग्राहकलाई घ बाहिर जान र रिचार्ज किन्न समस्या हुने भन्दै ‘टप अप’ गरिने ब्यालेन्स बराबरकै बोनस थप्न निर्देशन दिएको हो । प्राधिरकण अध्यक्ष पुरुषोत्तम खनालले सापटी रकमको सीमा […]

लकडाउन प्रभाव – अबकाे एक साता सुनचाँदीको भाउ समेत नतोकिने

काठमाडौं । लकडाउनका कारण सुनचाँदीको बजार भाउ तोक्ने कार्य एक साताका लागि स्थगन भएको छ । लकडाउनका कारण अर्थ नहुने भन्दै मंगलबारदेखि बजार मूल्य तय गर्न स्थगन गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले सरकारको लक डाउन नीतिलाई सघाउन सबै व्यवसाय बन्द गरेको पनि व्यावसायिक मणिकरत्न शाक्यले बताए । सोमबार छापावाल सुन ७७ […]

कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित, ८ अर्बको कारोबार

काठमाडौं । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था देखा पर्‍यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल १७४ कम्पनीका कूल दुई करोड २७ लाख १९ हजार १२२ कित्ता शेयर रु आठ करोड २६ लाख ९५ […]