लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थले भरिए निगमका भण्डारगृह

Machchapuchchre

काठमाडौं । लकडाउनले सवारीसाधन बन्द भएपछि पेट्रेलियम पदार्थको खपत घटेको छ । पेट्रोलियम पदार्थको खपत नै नभएपछि नेपाल आयल निगमका सबै भण्डारगृह पेट्रोलियम पदार्थले भरिएका छन् ।

भण्डारण क्षमतामध्ये पेट्रोल ९५ प्रतिशत, डिजेल ९९ प्रतिशत र हवाई इन्धन ९८ प्रतिशत मौज्दात अवस्थामा रहेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार पेट्रोलको ७ हजार ७ सय ६९ किलोलिटरको भण्डारण क्षमतामा ७ हजार ३ सय ८० किलोलिटर मौज्दात छ । यस्तै डिजेलको ४० हजार ९ सय ८१ किलोलिटर भण्डारण क्षमतामा ४० हजार ३ सय ८८ किलोलिटर मौज्दात छ ।

हवाई इन्धनको ७ हजार २ सय ५९ किलोलिटरको भण्डारण क्षमतामा ७ हजार १ सय ३३ किलोलिटर मौज्दात अवस्थामा रहेको उनले जानकारी दिए ।

सामान्य अवस्थामा मुलुकभर दैनिक साढे १३ लाख लिटर पेट्रोल र ३७ लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले माग घटेर पेट्रोल २ लाख लिटर र डिजेल करिब ५ लाख लिटर मात्र खपत भइरहेको निगमले जनाएको छ ।

इन्धनको खपत पनि नभएको र भण्डारगृह पनि भरिभराउ भएपछि निगमले एकसातादेखि एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थको आयात बन्द गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्