काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारको जमानत जफत गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । उनले आ–आफ्ना मन्त्रालयमा भएका ठेक्काको स्थिति १५ दिनभित्र बुझाउन पनि मन्त्रीहरूलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको सरकारको चौमासिक समीक्षा बैठकलाई  सम्बोधन गर्दै ओलीले गुणस्तरीय काम समयमा हुन नसक्नुको कारण खोज्न र काम गर्न नसक्ने ठेकेदारको जमानत […]

भोलिसम्म अतिरिक्त शुल्क फिर्ता नगरे मेडिकल कलेज सञ्चालकलाई पक्राउ गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौँ । गृहमन्त्रालयले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच सोमबार गृहमन्त्रालयमा भएको छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो। गृहमन्त्री […]

उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चको आदेश, ‘अजय श्रेष्ठलाई रिहा गर्नू’

सर्वोच्च अदालतले बैंक अफ काठमान्डूका पूर्व सिइओ अजय श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ । उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । थप विवरण आउन बाँकी छ ।

ऊर्जामन्त्री पुन र चिनियाँ राजदूतबीच भेटवार्ता, जलविद्युत लगायतका विषयमा छलफल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होऊ याङछीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आईतबार भएको द्धिपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको बताइएको छ। भेटमा उर्जामन्त्री पुनले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा चीन […]

एभरेष्ट बैंक र ट्रानक्विलिटी स्पाबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकले स्पामा ३०% छुट पाउने

एभरेष्ट बैंक लिमिटेडले ट्रानक्विलिटी स्पासँग ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । नेपाल तथा विदेशका विभिन्न शहर र लक्जरी होटलहरुमा थुप्रै आउटलेट रहेको ट्रानक्विलिटी स्पाले स्पा तथा वेलनेस इन्डिस्ट्रीमा नेतृत्व गरिरहेको छ । बैंक र स्पाबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले कुल बिलमा ३०% छुट पाउने छन् । यस साझेदारी अनुसार एभरेष्ट बैंकका […]

बैंक सञ्चालकलाई गभर्नरको सुझाव : धेरै नाफा कमाउन नखोज्नुस्

काठमाडौं । गभर्नर डा. चिरञ्जीवी नेपालले सञ्चालकले व्यक्तिगत रुपमा नाफा आर्जन गर्न कतिपय वित्तीय संस्थामा समस्या देखिएको बताएका छन् । सोमबार समृद्धि फाइनान्स कम्पनीको उद्घाटन गर्दै उनले धेरै सञ्चालकले बैंक तथा वित्तीय संस्थालाई बिजनेसको रुपमा लिने गरेको टिप्पणी गरे । ‘बैंक वित्तीय संस्था भनेको पव्लिक हो, प्राइभेट हुदै होइन’ गभर्नर नेपालले भने, धेरै नाफा कमाउनु […]

गोल्छा भावि अध्यक्ष पक्का भएपछि महासंघमा वरिष्ठ उपाध्यक्षको दौड

गहिरो विवादमा फँसेको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार एकाएक सहमति जुट्यो । नयाँ सहमतिसँगै महासंघका नेताहरु एक ढिक्का भएका छन् । एउटा कार्यकालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई हटाउने वा नहटाउनेमा चरम विवाद थियो । निर्वाचन प्रणालिबाटै नयाँ अध्यक्ष चुन्नुपर्ने पक्षमा पूर्वअध्यक्ष चण्ढीराज ढकालले तीव्र लविङ […]

एग्रेसिभ ग्रोथका नाममा तातै खाउँ जल्दै मरौं भन्ने सिद्धान्तमा सनराइज बैंक छैन’ जनक शर्मा पौड्यालको

काठमाडौँ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सनराइज बैंक कृषकहरुको बैंक भएको बताएका छन् । ठूला व्यापारिक घराना भन्दापनि कृषकहरुलाई आफ्नो बैंकले जोड दिने उनको तर्क छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’को शनिबारीय अंकका लागि बोल्दै उनले यस्तो बताएका हुन् । साथै उनले सनराइज बैंक ब्रान्चलेस बैंकिङलाई प्राथमिकतामा राखेर […]

विराटनगरमा एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विस्तार (फोटो फिचरसहित)

काठमाडौँ – एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ । भदौ २५ गते मोरङ जिल्लाको विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका हुन् । त्यसैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उदघाटन गरेका हुन् ।

सुनसरीको इनरूवामा सिद्धार्थ बैंकको नयाँ शाखा विस्तार

काठमाडौँ – सिद्धार्थ बैंकले भदौ ३० गते सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकिङ्ग प्रणालीलाई थप प्रविधि मैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको […]