Artharajniti ~ एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा सामान्य घटे पनि वितरणयोग्य नाफा बढेको छ । चालु आवमा चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन रकम गत आवको यसै अवधिको तुलनामा ३. ७१ प्रतिशत कम हो । पहिलो यो अवधिमा बैंकको खुद नाफा ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ थियो । लोन लस प्रोभिजन केही बढेका कारण बैंकको खुद नाफामा असर परेको हो । खुद ब्याज आम्दानी १.३३ प्रतिशत बढेको । लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) २७ करोड २९ लाख रुपैयाँबाट बढेर ७७ करोड ७३ लाख रुपैयाँ पुगेको छ। जसका कारण खुद नाफामा असर पर्यो । प्रतिसेयर आम्दानी पनि सामान्य घटेर ३२ रुपैयाँ ३५ पैसामा झरेको छ। पहिलो ३५ रुपैयाँ ६१ पैसा थियो । प्रतिसेयर नेटवर्थ २४४ रुपैयाँ २७ पैसा छ।
वितरणयोग्य नाफाका आधारमा बैंक सशक्त छ । लाभांश बाँड्न सक्ने रकम ४ अर्ब ४ करोड ८५ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ३९ रुपैयाँ ३४ पैसा रहेको छ। १३ अर्ब ७२ करोड चुक्ता पूँजी रहेको बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत मात्रै छ । बैंकको आधार दर घटेर ४.५७ प्रतिशतमा छ ।



