अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना हरितालिका तीजको अवसरमा सार्वजनिक गरेको छ।
भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ( रु पाच सए सम्म ) क्यासब्याक पाइनेछ।
ग्लोबल तीज विशेष बनाउनका लागि महिलाहरुलाई ग्राह्यता दिएको हो। बैंकमा नारी बचत र नारी शक्ति बचत खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउने ग्लोबल आइएमई बैंकले बताएको छ ।
मोबाइल बैंकिङ्ग याप , क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो योजना सार्वजनिक गरेको बताएको छ।
आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले सापेक्षता अनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।