कांग्रेस सभापति देउवाले लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सदस्य मनोनयन गरेका छन्

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारुढ दल नेपाली कांग्रेसले नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सदस्यलाई मनोनयन गरेको छ ।

हालै बसेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आदिवासी जनजाति संघ नेपालको अध्यक्षमा ओमबहादुर घर्तीमगरलाई मनोनयन गरेका हुन् ।

पार्टी सभापति देउवाले विभिन्न जिल्लाका नेताहरुलाई केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन समेत गरेका छन् ।

महासंघका सदस्यहरुमा विश्वदीप लिङ्देन, जगत बराम, तीर्थ लामा, राजकुमार राई, रामबहादुर लामा, सुनिल गुरुङ, कर्मा ब्याञ्जनकार, धनदेवी थापा मगरलगायत रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्