३ अर्ब १३ करोड ट्रेजरी रिन्यू गर्दै राष्ट्र बैंक

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले मंगलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । सोमबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । यसअघि बैंकले भदौ ६ गते चार किसिमका ट्रेजरी गरी कुल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गरेको थियो । जसमध्ये २० प्रतिशत मात्र ट्रेजरी रिन्यू गरी बाँकी ट्रेजरी बैंकले आफैले खरिद गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्