महिला ग्राहकहरुले क्यूआरमार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकमा

Machchapuchchre

अर्थ राजनीति  ~  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना महिला ग्राहकहरुलाई लक्षित गरी विशेष क्यासब्याक योजना हरितालिका तीजको अवसरमा सार्वजनिक गरेको छ।

भदौ १३ र १४ गते ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत ( रु पाच सए सम्म )  क्यासब्याक पाइनेछ।

ग्लोबल तीज विशेष बनाउनका लागि महिलाहरुलाई ग्राह्यता दिएको हो। बैंकमा नारी बचत र नारी शक्ति बचत खाता रहेका महिलाहरुले ग्लोबल स्मार्ट प्लस एपको प्रयोग गरी क्यूआरमार्फतको भुक्तानीमा क्यासब्याक पाउने ग्लोबल आइएमई बैंकले बताएको छ ।

मोबाइल बैंकिङ्ग याप , क्यूआर पेमेन्ट प्रयोगलाई बढावा दिनका लागि बैंकले यो  योजना सार्वजनिक गरेको बताएको छ।

आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले  सापेक्षता अनुसार यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्