यातायातकाे जाेर-बिजाेर हट्यो, आन्तरिक र बाह्य उडान पनि सुचारु गरिने

Machchapuchchre

अर्थ राजनीति ~  मान्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय गरेको छ । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले साउन २१ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने र आगामी भदौ १ गतेदेखि बाह्य उडान खोल्ने निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीकाअनुसार तत्काल विद्यालय, क्याम्पस नखोल्ने निर्णय भएको छ । अझै कोरोनाको सङ्क्रमण र त्रास कायमै रहेकाले अवस्था सामान्य बनेपछि पठनपाठन खुला गर्ने बैठकले निर्णय गरेको छ ।

सोहीअनुसार सार्वजनिक यातायातको साधन पनि खोल्ने विषयमा छलफल भएको उहाँले बताउनुभयो । अहिलेसम्म जोर दिनमा जोर नम्बरका यातायात र बिजोर दिनमा बिजोर नम्बरको यातायातका साधन चल्नेगरे पनि अब सबै यातायात सुचारु गर्ने विषयमा छलफल भएको मन्त्री त्रिपाठीले बताउनुभयो । पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरो र डुबानको समस्या समाधानका लागि तत्काल सबै संयन्त्र परिचालन गर्ने निर्णय बैठकले गरेको छ । प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र थप क्षति हुन नदिनेतर्फ सबै सचेतता अपनाउने निर्णय बैठकले गरेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्