चल्न थाले सार्वजनिक सवारी–साधन

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक यातायात चल्न थालेका छन् ।

महाशाखाले ४५ ओटै ट्राफिक युनिटबाट ट्राफिक प्रहरी खटाउँदै अनुगमन बढाएको जनाएको हो ।

असार १ गतेबाट जोर–बिजोर प्रणाली सञ्चालनमा आएपछि नियम उल्लंघन गर्ने ६५ हजार २०० बढी निजी सवारी–साधनलाई कारबाही गरेको महाशाखा प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।

महाशाखाकाअनुसार ‘लकडाउन’ अवधिमा एक लाख ३१ हजार ५०० बढी सवारी–साधन कारबाहीमा परेका छन् ।

लकडाउन खुकुलो भएसँगै उपत्यकामा दैनिक ३५ सय बढी सवारी–साधन भित्रिने गरेको पनि महाशाखाले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्