कोभिड–१९ का १८६ नयाँ सङ्क्रमित थपिए, कुल १७ हजार ८४४

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा कोभिड–१९ का १८६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा १८६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा चार हजार २१६ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ८४४ पुगेको छ । पाँच हजार ९३६ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म ११ हजार ८६८ सङक्रमित निको भएका छन् । हाल क्वारेन्टाइनमा कोभिड–१९ का २२ हजार २२८ जना आशङ्कित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्