नेकपा स्थायी कमिटी बैठक पुन स्थगित

Machchapuchchre

अर्थ राजनीति ~ आज (आइतबार) ३ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।

पटक पटक स्थगित हुँदै आएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बताएको छ ।

यसअघिका स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् । जसले गर्दा नेकपा नै विभाजन हुने चिन्ता नेता कार्यकर्तामा छ ।

त्यस्तै शनिबारको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि नेकपामा जारी विवाद नयाँ मोडमा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्