साउने सोमबार पनि नखुल्ने भयो पशुपतिनाथ मन्दिर

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना भाइरसको महामारीले यस वर्ष साउने सोमबारमा पनि पशुपतिनाथ मन्दिर खुला नहुने भएको छ ।

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले साउनका सोमबारमा पनि मन्दिर खुला नहुने पशुपति क्षेत्र बिकास कोषले जनाएको छ ।

लकडाउन खुकुलो भएसँगै अन्य क्षेत्रहरु क्रमिकरूपमा सामान्य अवस्थामा फर्किए पनि भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । सरकारले साउन ७ गतेसम्म लकडाउन नै कायम गरेकाले त्यसपछिको निर्णयमा मठमन्दिर खुला गर्ने कि नगर्ने भन्ने विषय टुंगिने अपेक्षा गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्