नेकपा स्थायी कमिटीको आजको बैठक २४ गतेका लागि सारियो, बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) स्थायी कमिटीको आज ११ बजे बस्ने भनिएको बैठक असार २४ गते ११ बजेका लागि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यसकाे जानकारी दिनुभएकाे हाे ।

दुई अध्यक्षबीच हाल उत्पन्न गतिरोधलाई कम गर्न पहल भइरहेका बेला आजको बैठक सारिएको हुनसक्ने बताइएको छ । सहमतिको खाका तयार गर्न आइतबारको बैठकले चार सदस्यीय अनौपचारिक कार्यदल गठन गरेको थियो । कार्यदलले तयार गर्ने मस्यौदाका आधारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिको प्रयास गरिने बताइएको छ ।

त्यस्तै आज, दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा, भएको वार्ता सम्पन्न भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको पार्टीको स्थायी कमिटी बैठक स्थगित गरी सहमतिको विकल्प खोज्न दुई अध्यक्षबीच वार्ता भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्