आज नेकपाका दुइ अध्यक्षले राखे धारणा, पर्शी सम्मकालागि स्थायी कमिटी बैठक स्थगित,

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक शुक्रबार (पर्सी) सम्मका लागि स्थगित गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले बैठकको एजेण्डा प्रस्तुत गर्दै आ–आफ्ना धारणा राखेपछि बैठक दुई दिनसम्मका लागि स्थगित गरिएको हो ।

दुबै अध्यक्षले बैठकमा पेश गरिएको सात बुँदे एजेण्डाका सेरोफेरोमा आफ्नो मन्तव्य राख्नुभएको हो ।

बैठकले तय गरेको सात एजेडामा पहिलो दिन अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य राख्ने रहेको थियो । यसैगरी कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र समाधान, सरकारको कामको समीक्षा, पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता, एमसीसी र विविधि रहेको छ ।

विधिमा भने एक महिनाअघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय रहेको जनाइएको छ ।

अर्को बैठक असार १२ गते शुक्रबारका लागि तय गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्