नेकपाको स्थायी कमिटी बैठक अहिले बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ सत्ताधारी दल नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।
प्रधानमन्त्री निवास बालुटारमा बिहान ११ बजे बैठक बोलाइएको बताइएको छ ।
स्थायी कमिटी बैठकमा एमसीसी, कोरोना महामारी र अन्य समसामयिक विषयमा छलफल गरिने नेकपाले जनाए पनि एजेन्डाबारे आधिकारिक टुङ्गो लागेको छैन ।
बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा पार्टीको अनुशासन समिति, लेखा समिति र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति रहनेछ ।
स्थायी कमिटी बैठकको तयारीका लागि विभिन्न तहका नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।
बैठकबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य रामबहादुर थापा बादलसँग छुट्टै भेट गर्नुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलसँग समेत भेटवार्ता गरेको जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्