थप ५३८ सङ्क्रमित, कुल दशहजार ९९, थप एककाे मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~  पछिल्लो २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ४४८ जना पुरुष र ९० जना महिला रहेका छन् ।

योसँगै नेपालमा कुल सङ्क्रमित सङ्ख्या पुगेको दशहजार ९९ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मगंलबार गरेकाे पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यस्तै, थप ७६ जना निकाे भएर डिस्चार्ज भएका छन् । मगंलबार मात्रै ८ महिला र ६८ पुरुष डिस्चार्ज भएका हुन्।  सँगै कुल डिस्चार्ज हुनेकाे सङ्ख्या दुई हजार २२४ पुगेकाे छ । समा १८९ महिला र २०३५ पुरुष छन् ।

त्यस्तै उहाँले दैलेखका ४५ वर्षका एकजना पुरूष काेराेनाका कारणले मृत्यु भएकाे बताउनुभयाे  याेसँगै मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेकाे छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्