उपत्यकामा नाैसहित थप ४३४ सङ्क्रमित, कुल ११ हजार १६२

Machchapuchchre

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बिहीबारसम्ममा एक हजार १४२ महिलासहित ११ हजार १६२ जना पुगेका छन् । वितेको २४ घण्टामा ४८ महिलासहित ४३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । कोभिड–१९ सङक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कोभिड–१९ सङ्क्रमणबाट मृतकको संख्या २६ पुगेको छ ।
काठमाडौँमा नौ जना नयाँ सङ्क्रमित थपिएका छन्, जसमा भक्तपुरका एक महिला, तीन पुरुष, काठमाडौँका दुई महिला, दुई पुरुष र ललितपुरका एक पुरुषमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार, वितेको २४ घण्टामा देशका विभिन्न २२ वटा प्रयोगशालामा छ हजार ५४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, आरडिटी विधिबाट चार हजार १६७ जनाको परीक्षण गरिएको थियो । आइसोलेसनमा रहेर कोभिड–१९ को उपचार गराइरहेका महिला १९ सहित ३१२ जना बिहीबार डिस्चार्ज भएका छन् । अहिलेसम्म दुई हजार ६५० जम्मा डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्