व्यवस्थापन तहमा सनराइज बैंकले माग्यो कर्मचारी,

Machchapuchchre

अर्थ राजनीति । सनराइज बैंकले प्लस टु उत्तीर्णसहित मध्यम तहको व्यवस्थापनमा कर्मचारी मागेको छ । बैंकले  प्रदेश कार्यालयमा व्यवस्थापन तहमा तीनजना कर्मचारी मागेको छ । यो पदका  लागि १० वर्षको अनुभव अनिवार्य हुनुपर्ने जानकारी छ । त्यसमध्ये पनि ५ वर्ष शाखा व्यवस्थापनमा बसेर काम गरेको हुनु पर्ने छ । शैक्षिक योग्यता स्नातकोत्तर अनिवार्य गरिएको हुनु पर्दछ । बैंकले प्रमुख आन्तरिक लेखापरीक्षकमा एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । यो पदमा पाँच वर्षको अनुभवको आवश्यक छ ।

बैंकले सुपरभाइजर तथा जुनियर अफिसर स्तरका केही लेखा परीक्षक पनि मागेको छ । सूचनाप्रविधि विभागमा एकजना कर्मचारी र बैंकले अफिसर स्तरमा केही शाखा प्रबन्धक पनि मागेको छ । यो पदका लागि ४ वर्षको अनुभवको  आवश्यक पर्दछ । बैंकले रिलेसनसिप म्यानेजर तथा अपरेसन इन्चार्ज भनेर सुपरभाइजरदेखि सिनियर अफिसर तहसम्म केही कर्मचारी माग गरेको छ । यो पदका पनि लागि ४ वर्षको अनुभव चाहिन्छ र कम्तिमा प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने छ ।

आवेदकले आवेदन बैंकको वेबसाइटमा गएर दिन सक्ने बैंकले बताएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्