केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले सुनाए सरकारका उपलब्धि, मिडियामाथि लगाए यस्तो आरोप

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कम्युनिष्ट पार्टी र सरकारविरुद्ध डरलाग्दो गरि प्रचार युद्ध छेडिएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजदेखि सुरु केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी र सरकारमाथि वैचारिक पूर्वाग्रह साँधेर प्रचार युद्ध छेडिएको आरोप लगाएका हुन् ।

केन्द्रिय समिति बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले पार्टी र सरकारमाथि छेडिएको युद्धलाई कामका परिणाम र नतिजाहरुबाट प्रतिवाद दिँदै आएको बताए । ‘हाम्राविरुद्ध प्रचार युद्ध डरलाग्दो गरि छेडिएको छ । प्रचार युद्ध मात्रै होइन् प्रचार आक्रमण छेडिएको छ । युद्ध दुई तिरबाटै हुन्छ । हामीले युद्ध गरेका छैनौं आक्रमण मात्रै भएको छ ।’ ओलीले भने, ‘तर हामी वादविवादबाट मात्रै होइन् हाम्रा कामका परिणाम, नतिजाहरुबाट प्रतिवाद र जवाफ दिँदै आएका छौं । हामी जवाफ दिन डराउने ठाउँमा छैनौं ।’

उनले पार्टीको नामको आधारमै वैचारिक पूर्वाग्रह साँधेर लोकतन्त्रप्रतिको निष्ठाप्रति प्रश्न उठाइएको बताए । उनले भने, ‘लोकतन्त्रप्रतिको हाम्रो निष्ठाप्रति प्रश्न उठाउने गरिएको छ । आज हाम्रो पार्टीको नामको कारणले कतिमा वैचारिक पूर्वाग्रह पनि हुनसक्छ । हामी वैचारिक आग्रह, पूर्वाग्रहका कुराभन्दा माथि उठेर एक्काइसौं सताब्दिमा मानव जातिले मानव जातिले प्राप्त गरेका उपलब्धिहरु, मुल्यहरु मान्यताहरु तिनिहरुको दाँजोमा तिनिहरुको कसिमा आफुँलाई प्रस्तुत गर्न चाहन्छौं ।’

उनले सरकारबाट केहि कमीकमजोरी भएको हुनसक्ने बताउँदै अपेक्षा गरेजति पुरा नभएको भएपनि ऐतिहासिक रुपमा उपलब्धि हाँसिल गरेको बताए । उनले पार्टी पंक्तिभित्र देखिएको असन्तुष्टिप्रति संकेत गर्दै सरकारले निकै असाधारण उपलब्धि हाँसिल गरेको बताए ।

उनले भने, ‘कतिपय अस्पष्टता र आलोचना भएका छन् । हो सरकारबाट पनि कमिकमजोरी भएका हुन सक्छन् । अपेक्षा गरेजति काम नभएको हुुनसक्छ किनभने सन्तोष गरेर हामी बस्न सक्दैनौं । हामी काम नगरी बसेका या उपलब्धि हाँसिल नगरी बसेका होइन् । हामी उपलब्धि हाँसिल गर्ने सबालमा पछाडि परेका पनि छैनौं । निर्वाचनभन्दा पछि र ति दुई वर्ष हामीले असाधारण उपलब्धि गरेका छौं ।’

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारका उपलब्धिहरु सुनाउदै भने – ‘आयात घटेको छ भने निर्यात बढेको छ । – नेपालको व्यापारको विविधिकरण भएको छ । भारतबाट ६८ र अन्य बाट ३२ मात्र हुन्थ्यो अहिले बढेको छ । शेयर बजारमा सकारात्मक सुधार आएको छ । भुक्तानी सन्तुलन, घाटा पनि बचतमा गएको छ ।

उत्पादन र उत्पादकत्व बढेको छ । कृषिमा ५ प्रतिशत, औद्योगिक उत्पादनमा बृद्धि भएको छ । काठको आयातका कमी आएको छ । फलाम कम्पनीको स्थापना गरिएको छ । करिब ३० वर्षसम्म प्रतिदिन ८ सय टन उत्पादन क्षमता चीनमा गरिएको परीक्षणमा देखिएको छ । दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काम अघि बढेको छ ।

पर्यटक आगमनको संख्या बढेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ लाख ८५ हजार रोजगारी सिर्जना भएको छ । प्रतिदिन ५.७ किलोमिटर सडक कालोपत्रे भइरहेको छ । यसअघि वर्षमा १० प्रतिशत मात्र भइरहेको थियो । ३ हजार ६ सय २६ किलोमिटर सडक कालोपत्रे भएको छ । अहिले सिंगल लेन होइन डवल वा फोर लेनको सडक बनेको छ । विरोधीहरुले आफ्नै ठाउमा एउटा मात्र बनेको देख्छ, तर त्यहाँमात्र बनेको त होइन देशभर बनेको छ । ४१ वटा पुल बनेको छ । पूर्व पश्चिम राजमार्गको स्तर उन्नती गर्ने कार्य भइरहेको छ ।

नागढुंगा शुरुङ मार्गको सुरुवात भएसँगै एउटा युगमा प्रवेश गरेका छौं । आफ्नै रेल सञ्चालनको काम भइरहेको छ । चीनबाट काठमाडौं जोड्ने रेलको अध्ययन सकिएको छ । नारायणी नदीमा क्रुज सञ्चालनको तयारी पूरा भइसकेको छ । कूल जनसंख्याको ८८ प्रतिशतमा विद्युत पुगेको छ । प्रतिव्यक्ति विद्युत खपत बढेको छ । अहिले विद्युत उत्पादन २४५ मेगावाट पु¥याइएको छ, पहिला १४५ मात्र थियो ।

माथिल्लो त्रिशुली थ्री ए सरकारले विशेष पहल गरेर सम्पन्न गरेको छ । नेपालमा उत्पादिन विद्युत भारत र वंगालादेशमा विस्तार गर्न सहयोग पुग्ने गरी भारतसँग सम्झौता गरिएको छ । नेपाल र चीनबीचमा उर्जा सम्झौता भएको छ । गल्छी केरुङ प्रसारणका लागि अध्ययन भएको छ । विद्युत चुहावट झारिएको छ । सिँचाइ सेवा विस्तार गरिएको छ ।

भेरी बबइ डाइभर्सनको लागि सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । ४० वर्षपछि विमानस्थलको पुनर्निमाण गरिएको छ । जुनसुकै विमान उड्न बस्न सक्ने बनाइएको छ । ५ वटा आन्तरिक विमानस्थलमा कालोपत्रे गरिएको छ । प्रधानमन्त्री निवास, प्रदेश प्रमुखका लागि आवस र सम्पर्क कार्यालय बन्न थालेका छन् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्