स्ववियु चुनावबारे अखिल क्रान्तिकारीको ज्ञापनपत्र, माग पूरा नगरे चुनाव हुन नदिने चेतावनी

Machchapuchchre

काठमाडौँ । अनेरास्ववियु ९क्रान्तिकारी०ले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावबारे ज्ञापनपत्र बुझाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको उपत्यका क्षेत्रीय समन्वय समिति अन्तरगतका सबै जिल्ला समितिहरुले दुईबुँदे मागसहित त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा बुधबार ज्ञापनपत्र बुझाएका छन् ।

अखिल क्रान्तिकारी काठमाडौँले बुधबार विहान कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आर्दश बहुमुखी क्याम्पस, एनआर क्याम्पस, कैलाशकुट बहुमुखी क्याम्पस, बानेश्वर क्याम्पससहित त्रिविका आंगिक क्याम्पसहरुमा क्रान्तिकारीका नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् । अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष गोविन्द बिष्टले आफ्नो संगठनमाथि सरकारले लगाएको अघोषित प्रतिबन्धको बीच हुने स्ववियु चुनावको औचित्य नहुने बताए । उनले आफ्नो संगठन पनि स्ववियु चुनावमा भाग लिन तयार रहेको बताउँदै त्यसको लागि वातावरण बनाउन त्रिविलाई आग्रह गरिएको बताए ।

त्रिभुवन विश्वविद्यालयले आफ्नो संगठनलाई बेवास्ता गर्दै स्ववियु चुनावको मिति घोषणा गरेको भन्दै अध्यक्ष विष्टले आपत्ति जनाए । उनले आफ्नो संगठनले त्रिविलाई दुईबुँदे मागपत्र राखेको जानकारी दिँदै माग पूरा नगरी स्ववियु चुनाव गराउन खोज शसक्त रुपमा बहिस्कार गर्ने चेतावनी दिए । उनले त्रिविले जबरजस्ती चुनाव गराए गम्भीर परिणाम भोग्नुपर्ने समेत बताए ।

सबै क्याम्प प्रमुखहरुले ज्ञापनपत्र बुझ्दै अखिल क्रान्तिकारीलाई चुनावमा सहभागी हुने वातावरण बनाउन पहल गर्न त्रिविलाई सुझाव दिने प्रतिबद्धता जाहेर गरेको अखिल क्रान्तिकारीका काठमाडौं अध्यक्ष विष्टले जानकारी दिए ।

यस्ता छन् अखिल क्रान्तिकारीका दुई माग
१. सरकारद्वारा हाम्रो संगठनमाथि लगाइएको अघोषित प्रतिबन्ध हटाउन त्रिविले निर्णयक पहल गरी स्ववियु निर्वाचनमा निर्वाध ढंगले भाग लिने वातावरण बनाउनु पर्ने ।

२. गिरफ्तार गरिएका संगठनका नेता–कार्यकर्तामाथि लगाइएका झुटा मुद्धा खारेज गरी रिहाई गर्नुपर्ने । साथै संगठनका शान्तिपूर्ण गतिविधिमाथिको हस्तक्षेप बन्द गरिनुपर्ने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्