बिक्रीमा बैंक अफ काठमाण्डूको संस्थापक सेयर

Machchapuchchre

अर्थ राजनीति । बैंक अफ काठमाण्डूको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि न्यूनतम ६ करोड रूपैयाँ हाराहारीको संस्थापक सेयर बिक्रीमा राखिएको हो । बैंकको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि सर्वसाधारणलाई बिक्री खुल्ला गरिएको हो । बैंकको कुल ३ लाख ७० हजार ३५६ कित्ता सेयर बिक्रीमा राखिएको बताईएको छ । १०० रूपैयाँ अंकित दरका सेयरको न्यूनतम मूल्य १६० रुपैयाँ कबुल गर्नुपर्ने हुन्छ। योभन्दामाथि जति पनि कबुल गरेर सेयर उठाउन पाइने पनि जनाएको  छ । १६० रूपैयाँका दरले बिक्री भएमा यसको कुल मूल्यांकन ५ करोड ९२ लाख ५६ हजार ९ सय ६० रूपैयाँ हुन आउँछ । यसमा प्रति कित्ता ६० रूपैयाँमा पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ ।

बैंक अफ काठमाण्डूको संस्थापक सेयर किन्नका लागि माघ १५ देखि २२ गतेसम्म आवेदन दिन सकिने भनेर बैंकले जानकारी दिएको छ । एनएमबि क्यापिटललाई बैंकको सेयर बिक्री गर्ने जिम्मा दिइएको छ ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्