एक हप्तामा प्रतितोला १८ सयले घट्यो सुनको मूल्य

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य एकै दिन तोलमा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । महासंघकाअनुसार सुनको मूल्य ओरालो लागेको यो लगातार पाँचौं दिन हो । आज छापावाल सनुको मूल्य तोलामा ९४ हजार रुपैयाँ, तेजावी सनुको मूल्य ९३ हजार ५ सय र चाँदीको मूल्य एक हजार १३० रुपैयाँ प्रतितोला कायम भएको छ । मंगलबार ९४ हजार ८ सय रुपैयाँमा छापावाल, ९४ हजार ३ सय रुपैयाँमा तेजावी र एक हजार १४५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो । महासंघका अनुसार भदौ ९ यता सुनको मूल्य निरन्तर घटेको छ । ९ भदौमा ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य १५ भदौसम्म आइपुग्दा तोलामै १८ सय रुपैयाँले घटेको छ । यस्तै चाँदीको मूल्य पनि ९ भदौयता निरन्तर ओरालो लागेको छ । सो दिन प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य १५ भदौमा आइपुग्दा ४५ रुपैयाँले घटेर एक हजार १३० रुपैयाँमा आइपुगेको छ । सुनको मूल्य घट्नुमा अन्तर्राष्ट्रिय कारण नै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । ठूला अर्थतन्त्र भएका मुलुकहरुको केन्दि्रय रिजर्भ बैंकले निक्षेपको ब्याजदर बढाउँदा लगानीकर्ता सुनमा भन्दा पनि बैंक निक्षेपमा केन्दि्रत हुँदाको असर सुन मार्केटमा देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्